समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर, उदयपुरमा जारी निर्माण व्यवसायी संघको ७ औं जिल्ला अधिवेशन तथा ९ औं साधारण सभाबाट कौशल आचार्य सर्वसम्मत अध्यक्षमा चयन भएको छ । अग्रज तथा अन्य व्यवासायिले भने मुलुक नयाँ संरचनामा उभिएकाले यो अबश्था फुटेर भन्दा पनि जुटेर जानु पर्ने भएकाले सर्वसहमत अध्यक्षमा आचार्य चयन भएको हो ।
यस्तै प्रथम उपाध्यक्षमा प्रेम तिमल्सिना, दितिय उपाध्यक्षमा सुनिल कार्की र तृतिय उपाध्यक्षमा दुर्गाबहादुर बुर्जा मगर चयन भएको छ भने महासचिवमा राजु रोक्का र सचिवमा सूर्य बहादुर खड्का निर्विरोध भएका छन् । कोषाध्यक्षमा अश्विन खड्का र सह कोषाध्यक्षमा कुल बहादुर राउत सर्वसम्मत ढंगमा निर्विरोध चयन भएको छ ।
सदस्यहरुमा इन्द्र प्रसाद रेग्मी, मोहन निरौला, एक बहादुर कार्की, सुभाष भट्टराई, मनोज राना मगर, सुनिल साह चयन भएको छ । अन्य सदस्यहरुमा नुर्वु सिंह कार्की, मिना खड्का, उद्धव खत्री, चुल बहादुर आले, पुस्पराज खड्का, प्रमोद पोखरेल र किरण पाण्डे सर्वसम्म चयन भएको निर्वाचन कमिटीले जानकारी दिए ।
यो पटकको अधिवेशनमा राजनीतिक रङ भन्दा पनि व्यवसायिक रुपलाई नै केन्द्र बनाइएको निवर्तमान अध्यक्ष भिमबहादुर राईले बताए ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया