गाईघाट । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता छनौट अन्तर्गत धनकुटालाई पराजित गर्दै उदयपुर सेमीफाईनल प्रवेस गरेको छ । झापाको चन्द्रगढीमा जारी फुटबल प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा उदयपुरले धनकुटालाई पराजित गरेको हो ।
आज भएको खेलमा धनकुट्टा विरुद्ध उदयपुरका समिराज राउतको एकल गोलले उदयपुर सेमि फाइनलमा प्रवेश गरेको एन्फा उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिए । जर्सी नम्बर १० लगाएर खेल मैदान प्रवेस गरेका राउतले खेलको ४४ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । सेमीफाईनलमा उदयपुर र सोलुखुम्बुको प्रतिस्पर्धा हुने छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया