गाईघाट । त्रियुगा नगरपालिकाको वडा नम्बर १६ ले पाठेघर खस्ने विरामीहरुको लागि स्वास्थ शिविरको आयोजना गरेको छ । स्वास्थय कार्यालय, ओरेक नेपाल र रक्तमाला सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा स्वास्थय शिविर संचालन भएको हो । वडा कार्यालयले वडा वासीहरुलाई घरदैलोमा नै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले १६ नम्बर वडाको शाही खोलामा शिविरको आयोजना गरिएको वडा अध्यक्ष मानबहादुर राईले बताए । शिविरमा पाठेघर खसेका विरामीहरुको लागि स्कनिङ, रिङपेशरी तथा भिआईए परिक्षण गरिएको थियो । शिविरमा एकसय पचास भन्दा बढिले स्वास्थ्य जाँच गराएको स्वास्थ्यकर्मी जितेन्द्र महत्तोले बताए । पाठेघर खसेका विरामीहरुको पहिलो स्टेज र दोस्रो स्टेज सम्मको शिविरमै उपचार गरिने र तेस्रो स्टेज भईसकेकाहरुको सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरिने स्वास्थ्यकर्मी महत्तोले जानकारी दिए । शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी औषधीहरु समेत निशुल्क वितरण गरिएको त्रियुगा आधारभुत स्वास्थ्य तथा सरसपाई कार्यालयका कृष्ण खतिवडाले बताए । खतिवडाका अनुसार नगरपालिकाबाट २ लाख ५० हजार र स्वास्थ्य कार्यालयबाट १ लाख बराबरको औषधी वितरण गरिएको छ ।
जेष्ठ नागरिकलाई सम्मान
स्वास्थ्य शिविरको अवसरमा वडा अध्यक्ष मानबहादुर राई वडाका ८० बर्ष कटेका ५ जना जेष्ठ नागरिकलाई सम्मान गरको छन । अध्यक्ष राईले सैनध्वज राउत, रत्नबहादुर विष्ट, चन्द्र बहादुदर कार्की, पवित्रा देवी राउत र कर्णमाया कार्कीलाई सम्मान गरेका हुन । ८० बर्ष कटेका वडा बासीलाई दोसल्ला, स्वीटर लगाएर सम्मान गरिएको थियो ।
मकैको विउ वितरण
शिविरमा कृषकलाई निशुल्क मकैको विउ वितरण गरिएको छ । वडा नम्बर १६ को बार्षिक कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिसत अनुदानमा उन्नत जातको मकैको विउ वितरण गरिएको हो । मकै रोप्ने सिजन भएकाले कृषकहरुलाई एक क्वीटल मकैको विउ वितरण गरिएको कृषी प्राविधिक सोम दनुवारले जानकारी दिए ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: