गाईघाट । ओखलढुंगामा सोमबारबाट भएको १ न प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उदयपुरले विजयी सुरुवात गरेको छ । सगरमाथा जनता उच्च माध्यमिक विद्यालयमा खेल मैदानमा भएको खेलमा तेरथुमलाई सोझो सेटमा हराउदै उदयपुरले विजयी सुरुवात गरेको हो । पहिलो खेलमा तेह्रथुम लाई २–० को साझो सेटमा पराजित गरेको को सेट मा पराजित गरि उदयपुर भलिबल टिमले जितको सुरुवात गर्दै । निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा तेरथेमलाई पहिलो सेटमा २५–२७ र देस्रो सेटमा २४–२६ पराजित गरेको टिम व्यवस्थापक आसन दाहालले बताए । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास आयोजना तथा जिल्ला खेलकुद विकास समिति ओखलढुगाँको संयोजनमा प्रदेश नम्बर १ का १४ जिल्लाका टिम सहभागी छन । उदयपुरको दोस्रो खेल भोजपुर सँग र अन्तिम खेल खोटाङ सगँ हुने छ ।
लिगकम नकआउटमा खेलाईएको खेल फागुन १७ गते सम्म संचालन हुने आयोजनकले जनाएको छ । उदयपुरबाट टिम व्यवस्थापक आसन दाहाल सहित कोच सन्तोष रोका र टिम क्याप्टेन सरोज हमालले नेतृत्व गरेका छन ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: