उदयपुर । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास अन्तर्गतका ३ वटा प्रदेशका सात जिल्लामा उदयपुर कम भ्रष्टाचार हुने जिल्लाको पहिलाे नम्बरमा परेको पाइएको छ ।

कृपया यो पेज Like गर्नु होला

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सार्वजनिक गरेको भ्रष्टाचारका उजुरीको विवरणका आधारमा प्रदेश नं.१, प्रदेश नं.२ र प्रदेश नं.३ का सात जिल्ला मध्ये उदयपुर जिल्ला कम भ्रष्टाचार हुने जिल्लाको पहिलो नम्बरमा परेको पाइएको हो ।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार प्रदेश नं.१ को उदयपुर, प्रदेश नं.२ का सिराहा, रौतहट, धनुषा, महोत्तरी,सर्लाही र प्रदेश नं. ३ को सिन्धुली गरी सात जिल्लाबाट परेका उजुरीका आधारमा उदयपुर कम भ्रष्टाचार हुने जिल्लामा पहिलो नम्बरमा परेको छ ।

चालु आर्थिक वर्षको गत माघ १५ गते सम्म अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा परेका कुल १ हजार ३ सय ७६ उजुरी मध्ये सोही अवधीमा उदयपुर जिल्लाबाट ३७ वटा मात्रै भ्रष्टाचारका उजुरी परेका छन् ।

यी सात जिल्लामा उदयपुर कम भ्रष्टाचार हुने जिल्लामा पहिलो नम्बरमा छ भने धेरै भ्रष्टाचार हुने जिल्लामा धनुषा परेको छ ।  चालु आर्थिक वर्षको सात महिनामा उदयपुर जिल्लाबाट सवैभन्दा कम ३७ वटा उजुरी परेको अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख शिवराम न्यौपानेले जानकारी दिए ।

सिन्धुलीबाट ६१, सिराहाबाट २२१, रौतहटबाट २३६, सर्लाहीबाट २३८, महोत्तरीबाट २६३ र धनुषाबाट सवैभन्दा बढी ३२० वटा उजुरी परेको प्रमुख न्यौपानेले जानकारी दिए ।

तर कार्यालयमा परेका उजुरीहरु कमै मात्रामा फर्छाैट भएको पाइएको छ , उदयपुरबाट परेका ३७ वटा उजुरी मध्ये ५ वटा मात्रैं फछौंट भएका छन् । सिन्धुलीबाट परेका ६१ उजुरी मध्ये ७ वटा, सिराहाबाट परेका २२१ उजुरी मध्ये १९, रौतहटबाट परेका २३६ उजुरी मध्ये ७२, सर्लाहीबाट परेका २३८ उजुरी मध्ये १८, महोत्तरीबाट परेका २६३ उजुरी मध्ये २८ र धनुषाबाट परेका ३२० वटा उजुरी मध्ये ३७ वटा मात्रै फछौंट भएको  प्रमुख न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया